🗓 यात्रा मिति: २८ मार्च २०२५ – २९ मार्च २०२५
🚐 यात्रा आयोजना: Pokhara Travels

धार्मिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूको सुन्दर संगम भएको मुक्तिनाथ यात्रा, पोखराबाट जोमसोम हुँदै २ दिन १ रातमा सम्पन्न भयो। यात्रुहरूको भावना, श्रद्धा र यात्राको सफलताको समग्र चित्रण यही ब्लग मार्फत प्रस्तुत गरिएको छ।


पहिलो दिन: २८ मार्च २०२५ (पोखरा → जोमसोम → नागबेनी → डुम्बा ताल)

🕗 बिहान ८:०० बजे
हामी पोखरा लेकसाइडबाट Mahindra Scorpio सवारी साधनमार्फत हाम्रो यात्रा आरम्भ ग-यौं। नाग्दाँडा, मालढुङ्गा, बेनी हुँदै मनासल नदीको किनारैकिनार उकालो झर्राहरू पार गर्दै दिउँसो ३:३० बजे जोमसोम पुग्यौं।

🛕 जोमसोम पुगेपछि हामी नागबेनी गयौं जहाँ यात्रुहरूले आफ्ना पितृहरूको श्राद्ध कर्म सम्पन्न गर्नुभयो।
यो दिन झन्डै १ लाख भन्दा बढी श्रद्धालुहरू नागबेनी आएका थिए, जसले गर्दा सम्पूर्ण क्षेत्र भीड, श्रद्धा र आस्थाले भरिएको थियो।

📸 त्यसपछि हामी डुम्बा ताल पुग्यौं — जो हिमाली रमणीयता र फोटोग्राफीको लागि उपयुक्त स्थान हो। डुम्बा तालले यात्रुहरूको मन जित्यो।

🌙 साँझमा हामी जोमसोम फर्कियौं र त्यहीँ रात्रि विश्राम गर्यौं।


दोस्रो दिन: २९ मार्च २०२५ (नागबेनी → मुक्तिनाथ दर्शन → पोखरा फर्किने यात्रा)

🕖 बिहान
श्राद्ध कर्म पुनः बाँकी यात्रुहरूले नागबेनीमा सम्पन्न गर्नुभयो। त्यहाँ अझै पनि भव्य भीड थियो। सबै कार्यहरू सम्पन्न गरेपछि हामी मुक्तिनाथ दर्शनको लागि प्रस्थान गर्यौं।

🕘 करिब १०:३० बजे
हामी मुक्तिनाथ पुग्यौं। दर्शनस्थलमा अत्यन्तै भीड थियो, तर पनि सबै यात्रुहरूले मुक्तिनाथ मन्दिरमा पूजा र १०८ धाराको स्नान गर्न सफल हुनुभयो।
दर्शन पछि सबैको अनुहारमा शान्ति र भक्तिको चमक थियो।

🕧 दिउँसो १२:३० बजे
हामी पोखरातर्फ फर्कियौं। फर्कने क्रममा पनि ट्राफिक, भीड, पहाडी बाटो आदिका बाबजुद सबैजना सुरक्षित रुपमा राति ९:०० बजे लेकसाइड, पोखरा आइपुग्यौं।


यात्राको झलक (Photo Gallery)


यात्राको सार:

  • समय: २ दिन १ रात
  • स्थानहरू: पोखरा, बेनी, जोमसोम, नागबेनी, डुम्बा ताल, मुक्तिनाथ
  • विशेषता: धार्मिक यात्रा, श्राद्ध कर्म, हिमाली दृश्य, १०८ धारा स्नान
  • यात्रुहरूको अनुभव: पूर्ण सन्तुष्ट, सुरक्षित, आध्यात्मिक

Pokhara Travels बाट किन यात्रा गर्ने?

✅ अनुभवी चालक
✅ सुरक्षित, समयमै यात्रा
✅ भक्तिपूर्ण व्यवस्थापन
✅ स्थानहरू राम्ररी बुझ्ने गाइड र स्टाफ


यदि तपाईं पनि मुक्तिनाथ वा जोमसोम यात्रा योजना बनाउँदै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्:
📞 ९७०५६ ७७७७७
🌐 www.pokharatravels.com


#२दिनयात्रा #मुक्तिनाथदर्शन #JoMsoMTrip #NagbeniShraddha #PokharaTravelsNepal