यात्रा मिति: 9 April – 14 April 2025
यात्रु संख्या: 14 जना (Begnas Moriya Tol, Pokhara निवासी)
यात्रा सुरु हुँदै…
हाम्रो यात्रा 9 April 2025 का दिन बिहानै Begnas Pokhara बाट सुरु भयो। 14 जना साथीहरू एकसाथ एउटै लक्ष्य लिएर निस्किएका थियौं – Pathibhara Mata को दर्शन। यात्रा लामो र रोमाञ्चक हुने थियो भन्ने अनुमान हामीलाई पहिले नै थियो।
🗓️ Day 1 – Pokhara to Itahari
पहिलो दिन हामीले Pokhara बाट गाडीमा यात्रा सुरु गर्दै Muglin, Bharatpur हुँदै हेटौंडा पुग्यौं। हेटौंडामा दिउँसोको खाना खाएर केही समय विश्राम गरी फेरि यात्रा अघि बढायौं। रातको बास Itahari मा गरियो।
Route: Pokhara → Muglin → Bharatpur → Hetauda (Lunch) → Itahari (Night Stay)
🗓️ Day 2 – Itahari to Tallo Fedi
Itahari बाट हामी बिहानै प्रस्थान गरी Sauranga पुगेका थियौं जहाँ दिउँसोको खाना खायौं। त्यसपछि पूर्वी नेपालका सुन्दर सहरहरू Ilam, Phidim, Kabeli Khola हुँदै Taplejung पार गरी साँझमा Tallo Fedi पुग्यौं।
Route: Itahari → Sauranga (Lunch) → Ilam → Phidim → Kabeli Khola → Taplejung → Tallo Fedi (Night Stay)
🗓️ Day 3 – Tallo Fedi to Pathibhara Temple
सबैभन्दा महत्वपूर्ण दिन – 11 April
बिहान ३:३० बजे नै हामी माथिल्लो फेदीबाट शीतल हावासँगै पैदल यात्रा प्रारम्भ गर्यौं। चिसोमा पनि उत्साहको ताप थियो, श्रद्धाले भरिएको मनमा माताको दर्शनको आकांक्षा पलाएको थियो। लगभग ३ घण्टा ३० मिनेटको कठिन तर आस्थामय यात्रापछि हामी बिहान ७ बजे पाथिभरा माताको पवित्र मन्दिरमा पुग्यौं। त्यहाँ पुगेपछि सबै भक्तहरूले माताको दर्शन र पूजन गरी आफ्नो मनको आस्था चढाए।
चारैतिर सेताम्मे हिउँले ढाकिएको थियो, बाटो, रुख, ढिस्काहरू — हिउँको चूनोमा ढाकिएका थिए। डाँडाहरू छिनछिनमा बादलले छोप्थे, अनि छिनछिनमै घामको मधुर किरणले पुनः प्रकृति झलमल गर्थ्यो। यस्तो लाग्थ्यो, आकाश आफैं देवीको स्वागतमा भावविभोर थियो।
पूजा–दर्शनपछि सबैले पवित्र मनले आ–आफ्ना क्षणहरू क्यामरामा कैद गरे। फर्किने क्रममा — बादलमुनि चम्किरहेको घामको किरण, आकाशमा फहराइरहेका झन्डाहरूको लहर, अनि भक्तिभावले ओतप्रोत त्यो वातावरण — मनमा गहिरो छाप छोड्दै गयो।
केही सम्झना सधैंका लागि आत्मामा बस्छन् — त्यो क्षण त्यही सम्झनाको अमूल्य उपहार बन्यो।
Route: Tallo Fedi → Mathillo Fedi → Padal Hiking → Pathibhara Temple (7 AM Darshan)
🗓️ Day 4–6 – फर्किने यात्रा
फर्कने क्रममा थप तीर्थ यात्रा 🙏
फर्कने क्रममा हामी भोटेटार हुँदै बाह्रधामको दर्शन गर्यौं। त्यसपछि वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन, हामीले पवित्र देवघाटको दर्शन गर्यौं। आस्थाले भरिएको मन लिएर हामी साँझ ४ बजे मोरियाटोलमा सुरक्षित रूपमा पुग्यौं।
त्यहाँका सबै यात्रुहरूको सफल, सुरक्षित र भक्ति–भावले पूर्ण यात्राले हामीलाई पनि अत्यन्त खुशी बनायो। यस्तो पवित्र यात्रामा सहभागी हुन पाउनु नै सौभाग्य थियो।
– आस्था, यात्रा र सम्झनाहरू सँगै लिएर फर्कियौं।
📷 यात्राको झलक (तस्बिरहरू)






🙏 समापन
यो यात्राले हामीलाई केवल यात्राको अनुभव मात्र होइन, आध्यात्मिक उर्जा र सामूहिक एकताको अनुभूति दिलायो।
Pathibhara Mata को दर्शनले हामी सबैमा एउटा नयाँ ऊर्जा भरिएको छ।
Pokhara Travels यस्तो यात्रा अनुभव गराउन सधैं तयार छ। यदि तपाईं पनि Pathibhara वा अन्य धार्मिक/अध्यात्मिक यात्रा जान चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
📞 Call us: +977 9705677777
🌐 Website: www.pokharatravels.com
📍 Location: Chauthe, Pokhara, Nepal
Tags: #PathibharaYatra #BegnasGroupTour #PokharaToPathibhara #SpiritualJourney #NepalTempleTour
0 Comment