Upper Mustang Tour Day 1
Pokhara to Jomsom
Date: 2 May 2025
Organized by: Pokhara Travels
Total Passengers: 4 (Adarniye Yatru from Sindhuli)
Departure Time: 6:00 AM from Lakeside, Pokhara
Detailed Travel Summary (Day 1):
बिहान ६ बजे पोखरा लेकसाइडबाट सिन्धुलीका ४ जना आदरणीय यात्रीहरू सहित हामीले उप्पर मुस्ताङ यात्राको रोमाञ्चक यात्रा सुरु गर्यौं। यात्रा प्रारम्भ गर्नु अघि हेमजास्थित थापा पेट्रोल पम्पमा गाडीमा डिजेल फुल भर्यौं। त्यसपछि हाम्रो यात्रा हेमजा, नागदाँडा, मालढुंगा हुँदै बागलुङ कालिका मन्दिर दर्शनको लागि अगाडि बढ्यो।
करिब १० बजे बागलुङ कालिका मन्दिरमा दर्शन गरी, त्यसपछि ११ बजे बेनी पुगेपछि गलेश्वर महादेव मन्दिरमा पूजापाठ गर्यौं र त्यहीँ नजिकै ब्रेकफास्ट गर्यौं।
लगत्तै, १२:३० बजे ल्हेत गाउँ (Lete Village) मा लञ्च गर्यौं। करिब ३ बजे हामी जोमसोम बजार आइपुग्यौं। यहाँ होटल बुक गरेर फ्रेश भइ एक घण्टा आराम गर्यौं।
साँझतिर हामी धुम्बा लेक गुम्बा भ्रमणको लागि गयौं। धुम्बा तालको शान्त वातावरण, अग्ला हिमालहरूमा परेको चकमक घाम, यात्रुहरूद्वारा खिचिएको फोटो तथा टिकटकहरूले यात्रालाई अझै रमाइलो बनायो।
अन्ततः हामी होटल फर्कियौं र आजको यात्रा सफलतापूर्वक सम्पन्न गर्यौं।
भोलि बिहान ६ बजे हामी उप्पर मुस्ताङतर्फ प्रस्थान गर्नेछौं र थान्तुङ मा भोलिको राति बस्ने योजना बनाएका छौं।





0 Comment